एक वर्षमा १८ अर्ब ३७ करोडको बिजुली आयात

भदौ १, काठमाडौँ । आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ ।

प्राधिकरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो ।

 

प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको गोरखापत्र दैनिकको समाचार छ ।

 

प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ ।

 

अघिल्ला वर्ष भन्दा यो परिणाम १७ दशमलव ७ प्रतिशतले बढी हो ।

0
Shares