एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन आजबाट प्रतिस्थापन

भदौ १, काठमाडौँ । आज भदौ १ गतेबाट १ सय ६५ वर्ष पुरानो मुलुकी ऐन प्रतिस्थापन हुँदैछ । १९१० सालमा जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला बनाइएको मुलुकी ऐन २०२० सालमा पहिलो पटक संशोधन गरिएको थियो । उक्त ऐनलाई आजबाट पूर्ण रूपमा नयाँ ‘मुलुकी ऐन २०७४’ ले प्रतिस्थापन गर्न लागिएको हो ।

 

आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ रहेका छन् ।

 

मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्च अदालतले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीनहजार एक सय कर्मचारीलाई तालिम दिइएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

0
Shares