चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा मृत फेला

भदौ १, रत्ननगर । दुर्लभ एकसिङगे गैडा चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा मृत फेला परेको छ ।

 

बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैंडा मरेको अवस्थामा भेटेको थियो । पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गैँडाको दाह्रा खिइसकेकाले बुढो भएर मरेको अनुमान गरेका छन् ।

 

यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो । अघिल्लो वर्ष विभिन्न कारणले २६ गैंडा मरेको तथ्याङ्क निकुञ्जसँग छ । जसमा बाढीले बगाएर ४ गैंडा मरेका थिए ।

0
Shares