निरन्तर पहिरो खसेकाले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

भदौ १, काठमाडौँ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डमा पर्ने सुनार खोलामा खसेको पहिरोका कारण सो सडकखण्ड बिहीबारसम्म अवरुद्व बनेको समाचर गोरखापत्रमा छ । मङ्गलबारदेखि आएको पहिरो हटाउने कार्य भइरहे पनि माथिबाट निरन्तर पहिरो खसिरहेकाले बिहीबारसम्म पनि राजमार्ग अवरुद्ध भएको हो ।

 

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा पहिरो पन्छाउने प्रयास भए पनि राजमार्ग खुल्न नसक्दा दर्जनाँै सवारीसाधन ठप्प भएका छन् भने यात्रुले सास्ती खेप्नु परेको छ । कर्णाली राजमार्गको दहीखोलादेख नाग्मसम्म करिब एक दर्जन बढी स्थानमा पहिरो खसेको छ ।

 

अन्यत्रको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने अवस्थामा पुगे पनि सुनार खोलामा निरन्तर पहिरो बगिरहेकाले राजमार्ग नियमित सञ्चालन गर्ने नसकिएको जिल्ला प्रहरी प्रमुख नायब प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

0
Shares