नेकपा काठमाडौंमा भाँडभैलो, जिल्ला कमिटी समानान्तर सिफारिस

बागमती न्युज, ७ भाद्र २०७५ ।
नेतृत्वमा बस्ने र कमिटीमा रहने धेरै आकांछी भएपछी नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन र मातहत कमिटीहरुको एकता प्रक्रिया विवादित भएको छ । नेकपा (एमाले) र एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी मिलेर बनेको नेकपाको तल्लो स्तर सम्मको एकता अझै हुन सकेको छैन । कमिटीको सिफारिस र सुझाव दिनका लागि नेकपा केन्द्रले जनसंगठन तथा पार्टीको प्रदेश र जिल्ला स्तरमा कार्यदल समेत निर्माण गरेको छ । कार्यदललाई भदौ पहलिो हप्तासम्ममा प्रतिवेदन दिने गरी अन्तिम समयसिमा तोकि सर्कूलर गरिएको छ । ठुलो पाटीमा नेता कार्यकर्ताको व्यवस्थापन गाह्रै विषय हो तर सबै कार्यकर्ताको उचित मुल्यांकण सहितको व्यवस्थापन गर्न भूमिका खेल्नेभन्दा आफु निकटलाई जिम्मेवारीमा ल्याउने नेताहरुको दाउका कारण थप समस्या उत्पन्न भएको देखिन्छ ।
नेकपाको काठमाडौंको जिल्ला कमिटी निर्माण आन्तरिक गुटबन्दीको सिकार बनेको छ । विशेषगरी लामो समयदेखि विवाद झेल्दै आएको पूर्व एमाले तर्फको विवाद नेकपा गठन भइसक्दा समेत साम्य हुन सकेन । कमिटी गठन को सिफारिस र सुझाव दिन बनेको कार्यदलमा पूर्व एमाले तर्फबाट सावित्रा भूसाल, सुरेन्द्र मानन्धर र कृण राई तथा पूर्व माअ‍ेवादीबाट हिमाल शर्मा लगायत रहेका छन ।
कार्यदलका सदस्य सुरेन्द्र मानन्धरलाई समेत सल्लाह नगरी र जानकारी नदिई केपी ओली निकट पक्षले एमाले तर्फबाट सिफारिस हुने नामावलीमा आफुनिकटका लाई सिफारिस गरेर क्रियाशिल पार्टीमा लामो समय योगदान गरेका व्यक्तिलाई पाखा लगाउन खोजेपछी विवादले उग्र रुप लिएको नेकपा स्रोतले बतायो । आफुलाई समेत जानकारी नदिई एकलौटी रुपमा जिल्ला कमिटी सदस्य र अध्यक्षको समेत सिफारिस गरेको भन्दै मानन्धरले छुट्टै कमिटीको नामावली बुझाएका छन । कार्यदलका सदस्यहरुको विबादका कारण समानान्तर कमिटीको नामावली ३ नं. प्रदेशको कार्यदल र केन्द्रलाई समेत बुझाइएको हो । ओली पक्षले रामशरण ढुंगानालाई अध्यक्षका सहित १३८ जनाको सिफारिस गरेको छ भने मानन्धरको तर्फबाट अध्यक्षमा सागर नेपाल सहित १४३ जनाको नामावली सिफारिस गरिएको छ । पार्टीमा यसअघिका निर्वाचित क्षेत्रीय अध्यक्ष, पूर्व जिल्ला कमिटीका सदस्यहरु तथा मेयर, उपमेयर सहित जनप्रतिनिधीहरु र लामो समय अघिदेखि जिम्मेवारीमा नरहेका बिmयाशील कार्यकर्तालाई मापदण्ड बनाएर जिम्मेवारीमा ल्याउनुको सट्टा ओली पक्षले कमिटीमै रहेका समेत धेरै सदस्यहरु हटाएर आफुअनुकुलका कार्यकर्तालाई नेतृत्वमा स्थापित गरेर गुटबन्दी गरिएको असन्तुष्ट पक्षको आरोप छ । नेकपाको ३ नं. प्रदेश स्तरको कार्यदले समेत आफ्नो राय सहित दुवै नामावली केन्द्रलाई बुझाएको स्रोतको भनाई छ ।
विहिबार असन्तुष्ट समुहले पार्टीका महासचिव विष्णु पौडेललाई भेटर आफ्ना असहमतीहरु जनकारी गराएको छ । असन्तुष्ट पक्षबाट अध्यक्षमा सिफारिस गरिएका सागर नेपालको नेतृत्वमा पार्टी कार्यालय धुम्बाराही पुगेको १५० जना भन्दा बढी अगुवा कार्यकर्ता जनप्रतिनिधी सहितको समुहले गलत प्रकृयाबाट गरिएको सिफारिस छानविन गरी विधि र प्रकृया अनुरुप हुनेगरी क्रियाशील र इमान्दार कार्यकर्ताहरुको मुल्यांकन गर्न माग गरेको छ । सो अवसरमा पार्टीका महासचिव पौडेलले छानविन गरी पार्टीले विधि प्रकृया बमोजिम निर्णय गर्ने आश्वासन दिएका छन । गुटबन्दीले पार्टीलाई हानी हानी गर्ने भन्दै पार्टी निर्माणमा आ आफ्नो क्षेत्रमा क्रियाशील हुन अनुरोध गर्दै पौडेलले पार्टीले न्यायपूर्ण निर्णय गर्ने बताएका छन । पिडित असन्तुष्ट पक्षले यस अघि निर्वाचनमा समेत मनोमानी ढंगले टिकट वितरण गरिएको र कमिटी निर्माणमा समेत पाखा लगाउन खोजिएको भन्दै अब चुप लागेर नबस्ने जानकारी नेताहरुलाई गराएको बुझिएको छ ।

0
Shares