प्रतिस्पर्धाको नियम तोडेको आरोपमा गुगल दोषी ठहर, ५ अर्ब जरिवाना

साउन ४, ब्रसेल्स । प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला गरेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । ३ वर्षको अनुसन्धानपछि ईयूले गुगललाई उक्त आरोपमा दोषी ठहर गरेको हो ।

 

ईयूकी प्रतिस्पर्धा आयुक्त मार्गरेथ भेस्टेगरले गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईलाई मंगलबार राति फोन गरेर यस फैसलाबारे जानकारी दिएकी छन् । गुगलकै स्वामित्वमा रहेको कम्पनी अल्फाबेटलाई आफ्नो व्यवसाय अभ्यासलाई परिवर्तन गर्न ईयूले ९० दिनको समय दिएको छ । अन्यथा दैनिक आयको ५ प्रतिशत जरिवाना तिर्नुपर्ने ईयूको भनाइ छ । ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा आयुक्त भेस्टेगरले उपभोक्तालाई छनोटको विकल्प हुनुपर्ने बताइन् । गुगलले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । तर यो जरिवाना तिर्न गुगललाई कुनै कठिनाइ नपर्ने बताइएको छ ।

 

 

आफ्नो सर्च इन्जिनलाई बढावा दिन गैरकानुनी रूपमा एन्ड्रोइड स्मार्टफोन सिस्टम प्रयोग गरेको आरोपमा गुगललाई दोषी ठह¥याइएको हो ।

0
Shares