वाजपेयीको अन्तिम संस्कारमा परराष्ट्रमन्त्री सहभागी हुने

भदौ १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार साँझ समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी प्रधानमन्त्री ओलीले बाजपेयीको निधनबाट आफू मर्माहत भएको र नेपालले असल मित्र गुमाएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले मोदीलाई बेग्लै चिठी लेखेर पनि समवेदना व्यक्त गरेका छन् ।

 

पूर्वप्रधानमन्त्री बाजपेयीको अन्तिम संस्कार शुक्रबार गरिँदै छ । राजकीय सम्मानसाथ वाजपेयीको अन्तिम संस्कारमा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ । ‘परराष्ट्रमन्त्रीज्यूले नेपालका तर्फबाट अन्तिम संस्कारमा प्रतिनिधित्व गर्नुहुनेछ,’ प्रधानमन्त्रीका सल्लाहकार अर्यालले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0
Shares