सत्तापक्षकै सांसदले गरे मन्त्री महासेठको आलोचना

भदौ १, काठमाडौँ । सत्तापक्षकै सांसदहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले प्रतिपक्षलेझै मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद्हरुले सरकारको ढिलासुस्ती र हेलचेक्रयाँइको विषयमा उनीसँग प्रश्न गरेका थिए ।

 

सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषय प्रश्न उठाएको उक्त समितिका सभापति जिपछिरिङ लामाले जानकारी दिए ।

0
Shares