सफा नेपाल महाअभियानमा नयाँ चमक

सुमन लम्साल

भदौ ९, कावासोती । विश्व सफाइ दिवसको अवसरमा देशभरि सरसफाइ अभियान चलिरहेका बेला नवलपरासी नवलपुरका युवाले आज नगर सफा गरेका छन् ।

सरसफाई अभियानका अभियान्ता सुमन लम्सालका अनुसार सरसफाई विभिन्न संघसंस्थाको संयुक्त अगुवाईमा गरिएको हो । अभियानमा नगरका सयौँ युवा सहभागी भएका वातावरण जनजागरण विकास मञ्चका अध्यक्ष सुधन लम्सालले बताए ।

 

“यो अभियान सबैको साझा हो”, मञ्चका अध्यक्ष लम्सालले भने, “हाम्रो सफाई अभियानमा धेरैले साथ दिनुभएको छ, सबैलाई धन्यवाद ।” उनले उक्त वातावरणीय सफाई अभियानले देश लगायत विश्वलाई नै सफा बनाउने पनि बताए । त्यस्तै ‘पिपुल फर क्लिन प्लानेट’ अभियान अन्तर्गत नगर, गाउँ, बजार लगायत धार्मिक क्षेत्रको पनि सफाई गरिने अभियानता सुमन लम्सालले जानकारी दिए ।

 

सरसफाई कार्यक्रममा सहभागी एवम् सहयोग गर्न हरियाली संस्थाका अध्यक्ष एल .एन. दवाडीले आग्रह गरे । उनले उक्त सफाइ अभियानले राम्रो सन्देश प्रवाह गरेको भन्दै अन्य युवालाई समेत अभियानमा लाग्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

 

करिब सय जना सहभागी भएको उक्त सफाई अभियानले आज दाउन्ने मन्दिर परिसर र मौलाकालीका गैंडाकोटको परिसर सफा गरेको हो ।

0
Shares